काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ ।
पार्टी निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार जेठ १५ गतेसम्म ७७ जिल्ला तथा ७ प्रदेशमा निर्वाचन समिति गठन हुनेछ ।
यस्तै जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन सङ्कलन गर्ने कार्यसूची छ । जेठ ३० गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने कार्यतालिका छ ।
जेठ २५ गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली पेश गर्ने, असार ५ गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीहरूको विवरण पेश गर्ने कार्यतालिका छ । असार ५ गतेभित्र इलेक्ट्रोनिक भोटिङ मेशिन प्रयोग गर्नेबारे छलफल गरिने कार्यतालिकामा उल्लेख छ ।
रास्वपाको पहिलो महाधिवेशन आउँदो असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्