जाँडरक्सी खाएर गाडी चलाउँदा वैशाखमा देशभर १२४ दुर्घटना

जाँडरक्सी खाएर गाडी चलाउँदा वैशाखमा देशभर १२४ दुर्घटना

वैशाख महिनामा जाँडरक्सी खाएर गाडी चलाउँदा देशभर १ सय २४ दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । दुर्घटनामा परी १२ जनाको ज्यान गएको छ भने १ सय ७४ जना घाईते भएका छन् ।

काठमाण्डौ उपत्यकाभित्र मात्रै वैशाखमा ३७ वटा गाडी दुर्घटना भएका र ती दुर्घटनामा २ जनाको ज्यान गएको छ भने ५० जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

कोशी प्रदेशमा २ जनाको ज्यान गएको छ भने मधेशमा २० वटा गाडी दुर्घटनामा २७ जना घाइते भएका छन् । बागमती प्रदेशमा १२ वटा दुर्घटनामा १ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा ५ दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । लुम्बिनी प्रदेशमा ९ वटा दुर्घटनामा ३ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।

कर्णाली प्रदेशमा ३ वटा दुर्घटनामा ३ जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा पनि ३ वटा दुर्घटनामा ४ जना घाइते भएका प्रहरीले जनाएको छ । जाँडरक्सी खाएर गाडी चलाउँदा दुर्घटनाको जोखिम बढ्दै गएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij