काठमाण्डौ , आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि २१५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ १४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्