तिलोत्तमा, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं तीनमा सीपमूलक तालिम आज शुक्रबार सम्पन्न भएको छ।

जानकीनगर आमा समूहको आयोजनामा पांच दिने सीपमूलक तालिम सम्पन्न भएको हो ।
तिलोत्तमा नगरपालिका वडा नं तीनका वडाध्यक्ष कल्याण प्रसाद पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। तालिमको उद्घाटन गर्दै वडाध्यक्ष पौडेलले महिलाहरु सक्षम भए पछि परीवार र समाज अगाडि बढ्न समय नलाग्ने बताउनुभयो। उहाँले आफुले सिकेको सिपलाई ब्याबसायिक रुपमा अगाडि बढाउन पनि अनुरोध गर्नुभयो। उहाँले तिलोत्तमा वडा नं तीन र चारको सिमानामा रहेको सिमानगर हाटबजारमा महिलाहरुले उत्पादन गरेको सामानहरु बिक्रीका लागि छुट्टै सटरको ब्यबस्था गरिएको र त्यसको उचित सदुपयोग गर्न सकिने जानकारी दिनुभयो।
सो अवसरमा संस्थाका सल्लाहकार राममाया घिमिरे, जानकीनगर टोल विकास संस्थाका उपाध्यक्ष दिपा अर्याल, संस्थाका निवर्तमान अध्यक्ष मन्जु गौतम लगायतले मन्तव्य राख्नु भएको थियो।
दशजना सदस्य सहभागी तालिमको सहजिकरण सीता मल्लले गर्नुभएको थियो।
संस्था ले समय समयमा सीपमूलक तालिम प्रदान गर्दै आइरहेको छ। जानकीनगर आमा समूहले यस अघि प्रदान गरेको जुत्ता चप्पल बनाउने तालिमबाट अहिले तीन जनाले सक्रिय रुपमा जुत्ता चप्पल बनाउने तथा अर्गानिक धूप बनाउने काम व्यावसायिक रूपमा भैरहेको संस्थाका अध्यक्ष गिता रानाले जानकारी दिनुभयो।
संस्थाका सदस्य रन्जना मरासिनीको स्वागत तथा सचिव रीता गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्