रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्ने भएका छन् । भ्रमण तालिका अनुसार उनी जेठ २२ गते सम्म भारत भ्रमणमा रहने छन् ।

सभापति लामिछानेको भारत भ्रमणका सम्बन्धमा रास्वपाले आइतबार साँझ मात्र औपचारिक पुष्टी गरेको छ । रास्वपाका प्रवक्ता मनिष झाले प्रेस विज्ञप्ति जारी गर्दै यस भ्रमणबारे औपचारिक जानकारी दिएका हुन् । भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको विज्ञप्तिमा उल्लेख छ ।

उनले भाजपाका शीर्ष नेतृत्वसँग द्विपक्षीय हित र राजनीतिक विषयमा छलफल गर्नेछन् । राजनीतिक भेटघाटका अतिरिक्त लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ । भ्रमणकै सिलसिलामा उनले अयोध्याको व्यक्तिगत भ्रमण समेत गर्ने विज्ञप्तिमा उल्लेख

यस भ्रमणका लागि सभापति लामिछानेको नेतृत्वमा पाँच सदस्यीय औपचारिक प्रतिनिधिमण्डल भारत जान लागेको हो । भ्रमण टोलीमा रास्वपाका सह-महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी रहेका छन् ।

सभापति लामिछानेको भ्रमणलाई भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले भ्रमणको मुख्य उद्देश्य भाजपा र रास्वपाबीच ‘पार्टी-टू-पार्टी’ सम्बन्धको सुरुवात गर्नु भएको बताएका छन्। भ्रमणका क्रममा दुवै पार्टीका नेताहरूबीच दलीय संगठन सञ्चालनका अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक अभियानका विषयमा विचार आदानप्रदान हुने उनले जनाएका छन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij