काठमाण्डौ – आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो ।
नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । तर नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दुई दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् ।
संविधानको धारा २४ मा ‘छुवाछूत तथा भेदभावविरुद्धको हक’ अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ ।
जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ले जातीय वा अन्य सामाजिक छुवाछूत र भेदभाव गर्ने कार्य गर्न कुनै प्रकारको मद्दत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न नहुने व्यवस्था गरेको छ ।
यस प्रकारको कार्य गरेमा कसुरको मात्राबमोजिम दुई महिना र २० हजारदेखि एक लाख रुपैयाँसम्म तथा तीन महिनादेखि तीन वर्षसम्म कैद तथा दुरुत्साहन गर्ने व्यक्तिलाई त्यसको आधा सजाय हुने व्यवस्था छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्