काठमाण्डौ – सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।
भन्सार छली गरेको आशङ्कामा मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गए राति सशस्त्र प्रहरी बलले ती गाडीहरू नियन्त्रणमा लिएको हो ।
यसैगरी नुवाकोटको पासाङल्हामु सडक खण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका गाडीहरू आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाउने तयारी छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्