जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको दोहनले गम्भीर चुनौती खडा गर्यो : राष्ट्रपति पौडेल

जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको दोहनले गम्भीर चुनौती खडा गर्यो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व वातावरण दिवसको शुभकामना दिदै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल तथा जैविक विविधताको संरक्षण सबैको साझा अधिकार र दायित्व भएको बताएका छन्

शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले प्रकृति र वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल तथा जैविक विविधताको संरक्षण सबैको साझा अधिकार र दायित्व भएको बताएका हुन्

उनले संयुक्त राष्ट्र सङ्घको आह्वानअनुसार प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइँदै आएको स्मरण गर्दै यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने नारासहित दिवस मनाइँदै रहेको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहनले विश्व समुदायसामु गम्भीर चुनौती खडा गरेको बताएका छन् । जलवायु परिवर्तन भविष्यको मात्र नभई वर्तमानको पनि समस्या बनेको उल्लेख गर्दै नेपालमा हिमाल पग्लिने, अनियमित वर्षा हुने, बाढीपहिरो बढ्ने तथा वातावरणीय असन्तुलनका असर देखिन थालेको बताउदै विकास र वातावरण एकअर्काका परिपूरक भएको उल्लेख गर्दै उनले प्रकृतिमैत्री जीवनशैली अपनाउन तथा वातावरण संरक्षणसम्बन्धी गतिविधि प्रवर्द्धन गर्न सबैलाई आह्वान गरेका छन्।

उनले स्वच्छ ऊर्जाको प्रयोग, वृक्षारोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमता विकास तथा प्राकृतिक सम्पदाको संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सकिने बताएका छन्।

राष्ट्रपति पौडेलले वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नागरिक समुदाय तथा सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै विश्व वातावरण दिवसले यस कार्यमा थप ऐक्यबद्धता र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij