विभिन्न देशका राजदूतका लागि झण्डै तीन हजार जनाको आवेदन

विभिन्न देशका राजदूतका लागि झण्डै तीन हजार जनाको आवेदन

काठमाण्डौ — विभिन्न देशका राजदूत तथा स्थानीय प्रतिनिधि पदका लागि झण्डै तीन हजार जनाको आवदेन परेको छ । इतिहासमै पहिलोपटक खुला प्रतिष्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानमा अत्यधिक आकर्षण देखिएको हो ।

परराष्ट्र मन्त्रालयले गएको जेठ १४ गतेदेखि हिजोसम्म आवेदन आह्वान गरेको थियो । यस अवधिमा अनलाइन, इमेल तथा भौतिक उपस्थितिमार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

सरकारले १३ राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि आवेदन आह्वान गरेको हो । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक नियुक्ति पाएका विभिन्न १० देशका राजदूतहरू फिर्ता बोलाएको थियो भने पछि वर्तमान सरकारले राजनीतिक नियुक्ति पाएकाहरूलाई पदमुक्त गरेको थियो ।

राजदूत पद खाली भएपछि सरकारले खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो । सबै आवेदनको रुजु तथा प्रमाणीकरणपछि मन्त्रालयले योग्य उम्मेदवारहरूको सूची मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ । मन्त्रिपरिषद्ले सिफारिस गरेका उम्मेदवारको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति गर्ने संवैधानिक प्रावधान छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij