पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय

पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय

काठमाण्डाै – सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठन भएकाे समितिकाे प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको बैठकले गुरुङबारे छानबिन गर्न पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

गएको वैशाख २८ गतेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य हुनुहुन्थ्यो ।

समितिले प्रतिवेदनमार्फत गुरुङलाई ‘क्लिनचिट’ दिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार गुरुङलाई आजै गृहमन्त्रीमा शपथ गराउने तयारी छ ।

त्यस्तै सरकारले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । निजामती सेवा १६औँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

सरकारले तल्लो अरुण जलविद्युत् आयोजना, लोवर न्यादी खोला जलविद्युत् आयोजना, हुन्सा खोला जलविद्युत् आयोजना र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij