काठमाण्डाै – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सांसद सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गर्नुभएको छ । गुरुङले आजै दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।
यसअघि गुरुङ गएको चैत १३ गते गृहमन्त्री नियुक्त हुनुभएको थियो । तर सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको थियो ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वगृहमन्त्री गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गरेसँगै गृहमा उहाँ फर्कनु लाग्नुभएकाे हाे ।
यस्तै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई सरकारले सिफारिश गरेको छ । उहाँले पनि आजै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्