काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले समतलाई केन्द्रमा राखेर आउँदाे आर्थिक वर्षको बजेट ल्याएको दाबी गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजकाे बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रविन्दु बनाइएको दाबी गर्नुभएको हो ।
विपक्षी दलहरूले संविधानको मर्म विपरीत बजेट आएको भन्ने आरोपलाई अर्थमन्त्रीले खण्डन गर्नुभयो । उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको दाबी गर्नुभयो । समन्यायिक समुन्नति र समृद्धिलाई लक्ष्य बनाएको उहाँको भनाइ छ ।
बजेटमा समाजवाद शब्द स्पष्ट रूपमा उल्लेख नभए पनि समताको एजेन्डालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने प्रयास बजेटमार्फत गरिएको अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभयाे । सरकारका नीति, कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकताबीच उच्चस्तरको सङ्गति रहेको उहाँको दाबी छ ।
अर्थमन्त्रीले विपक्षी दलहरूलाई आफ्नो पार्टीको एजेन्डा जस्तो बजेट आएन भनेर गुनासो गर्न छुट रहेको बताउनुभयो ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्