काठमाडौं । अमेरिका र इरानबीच प्रारम्भिक सम्झौता भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको छ । यससँगै कच्चा तेल तीन महिनाकै न्यून स्तरमा पुगेको छ।
मिडिया रिपोर्टका अनुसार मंगलबार ब्रेन्ट क्रुड तेलको मूल्य २.४ प्रतिशतले घटेर प्रतिब्यारेल ८१.१५ अमेरिकी डलरमा झरेको छ । कारोबारका क्रममा यो ८०.८९ डलरसम्म पुगेको थियो, जुन मार्च ४ पछिको सबैभन्दा कम स्तर हो ।
त्यसैगरी अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) क्रुड २.८ प्रतिशतले घटेर ७८.५३ डलर प्रति बैरलमा पुगेको छ । कारोबारका क्रममा यो ७८.२७ डलरसम्म झरेको थियो, जुन मार्च १० पछिको न्यूनतम स्तर हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिका–इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित अन्तरिम सम्झौता भएको घोषणा गरेका थिए । त्यसपछि सोमबार मात्रै तेलको मूल्य करिब ५ प्रतिशतले घटेको थियो ।
होर्मुज जलडमरू पुनः खुल्ने सम्भावनाले विश्वव्यापी तेल आपूर्तिमा अवरोध नआउने अपेक्षा बजारमा बढेको छ । यही कारण लगानीकर्ताको विश्वास बढेसँगै तेलको मूल्यमा थप दबाब परेको बताइएको छ ।
प्रकाशित मिति : मंगलबार, असार २ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्