श्रम संस्कृतिको संसदमा हंगामा, प्रतिनिधि सभाको बैठक स्थगित

श्रम संस्कृतिको संसदमा हंगामा, प्रतिनिधि सभाको बैठक स्थगित

 

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरूले सदनको वेल घेराउ गर्दै विरोध जारी राखेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त नबुझेको भन्दै उनले उठेर विरोध जनाउन शुरु गरेका थिए । त्यसपछि सभामुखले मन्त्रीले स्पष्टीकरण दिएपछि फेरी स्पष्टिकरण सोध्ने नियम नरहेको बताएपनि श्रम संस्कृतिले वेल घेराउ गर्दै विरोध गरिरहेको छ । सभामुखले आफूले दिएको आदेशको पालना नगरेको भन्दै सचेत गराएपनि त्यसलाई बेवास्ता गर्दै विरोध जारी राखेका थिए

प्रकाशित मिति : बुधबार, असार ३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij