काठमाडौं । नेपालमा यसवर्षको मनसुन औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले सरदर मिति जुन १३ तारिखमा मनसुन प्रवेश गर्ने भए पनि यस वर्षको मनसुन आज असार ५ गते (जुन १९) मा औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको जानकारी दिए ।
उनका अनुसार कोशी प्रदेशका केही भूभागमा प्रवेश गरेको मनसुन अहिले निकै कमजोर रहेको छ । देशभर मनसुन फैलिन भने समय लाग्ने बताइएको छ । सन् १९७४ मा पनि आजकै दिन नेपालमा मनसुन प्रवेश गरेको थियो भने सन् १९८२ मा सबैभन्दा ढिलो, जुन २७ मा मनसुन आगमन भएको थियो । सन् १९८१ यता अभिलेख गरिएको मनसुनी वर्षाको विवरण अनुसार सबैभन्दा कम वर्षा सन् २०१५ मा ११६९ मिलिलिटर मात्र भएको थियो ।
नेपालमा मनसुन ऋतुमा औसत १३८२ मिलिलिटर वर्षा हुने गर्दछ । गत वर्ष भने मनसुन १५ दिनअघि नै प्रवेश गरेको थियो । यसपालि प्रि मनसुनमा धेरै वर्षा भएको छ । मनसुनमा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ ।
प्रकाशित मिति : शनिबार, असार ६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्