रास्वपाले ‘संवैधानिक समाजवाद’बारे स्पष्ट व्याख्या गरोस् :पूर्वप्रधानमन्त्री भट्टराई

रास्वपाले ‘संवैधानिक समाजवाद’बारे स्पष्ट व्याख्या गरोस् :पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ , पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रास्वपालाई महाधिवेशनबाट विचारमा अझ स्पष्ट हुन सुझाव दिएका छन्।

रास्वपाको चितवनमा जारी महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य राख्दै उनले रास्वपाले विधानमा उल्लेख गरेको ‘संवैधानिक समाजवाद’बारे अझ स्पष्ट पार्न आग्रह गरेका हुन्।

‘रविजी र बालेनजीहरूलाई भन्छु, नेतृत्व असाध्यै महत्वपूर्ण हो। वैचारिक रूपले त स्प्ष्टता चाहिन्छ नै। तपाईँहरूका विधानका छिटफुट कुरा बाहिर जे आएका छन्‚ ती ठिकै छन्’, उनले भने, ‘तर केही अस्पष्टता छन्। खासगरी तपाईँहरूले संवैधानिक समाजवाद भन्नुभएको छ, त्यो भनेको के हो अलि व्याख्या गर्नुभयो भने राम्रो ।’

पूर्वप्रधानमन्त्री भट्टराईले रास्वपा विभाजनको खतरा औंल्याउँदै रवि र बालेनबीचको एकतामै रास्वपाको भविष्य सुनिश्चित रहेको बताएका छन्। ‘पार्टी भित्र र बाहिर पनि रवि ठूलो कि बालेन भन्ने पार्न सक्छन्’, उनले भने, ‘तर मलाई लाग्छ, रवि–बालेनकै एकतामा रास्वपाको भविष्य सुनिश्चित छ।’

 

प्रकाशित मिति : आइतबार, असार ७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij