रास्वपालाई प्रदीप ज्ञवालीले भने: न्यायालय र संसद्लाई कमजोर नबनाउनुस्

रास्वपालाई प्रदीप ज्ञवालीले भने: न्यायालय र संसद्लाई कमजोर नबनाउनुस्

काठमाडौँ , नेकपा एमालेले सत्तारुढ रास्वपालाई महाधिवेशन सफलताको शुभकामनासँगै सुझाव पनि दिएको छ। चितवनमा जारी महाधिवेशनमा एमालेका तर्फबाट शुभकामना दिन पुगेका नेता प्रदीप ज्ञवालीले शुभकामनासँगै सुझाव पनि दिएका हुन्।

नेता ज्ञवालीले न्यायालय, राष्ट्रपति संस्थालाई कमजोर नपार्न र संसद्लाई सम्मान गर्न सुझाव दिएका हुन्। उनले भने, ‘म यहाँ आलोचनाभन्दा शुभकामना दिन आएको हुँ तर प्रारम्भिक केही गतिविधिले केही प्रश्न खडा गरेका छन्’, उनले भने, ‘न्यायालय कमजोर भए, राष्ट्रपति संस्था कमजोर भयो भने, संसद् कमजोर भयो, जनताको आवाज कमजोर भयो भने जनमत सधैँ नरहन सक्छ।’

नेता ज्ञवालीले रास्वपाले आफ्नै वाचापत्रसँग मेल नखाने कदम चालेको बताए। उनले महाधिवेशनबाट रास्वपाबाट लोकतन्त्र सुरक्षित छ भन्ने स्पष्ट सन्देश दिन सक्नुपर्नेमा पनि जोड दिए।

उनले भने, ‘आफ्नै वाचापत्रसँग कतिपय घटना भएका छन्। ती कुरा अपवाद बनून् र रास्वपाको हातमा नेपालको लोकतन्त्र सुरक्षित छ भन्ने देखियोस्।’

प्रकाशित मिति : आइतबार, असार ७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij