अख्तियारलाई पाँच घण्टा सोधपुछ गरेको प्रधानमन्त्रीले नै गरे पुष्टि

अख्तियारलाई पाँच घण्टा सोधपुछ गरेको प्रधानमन्त्रीले नै गरे पुष्टि

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई बोलाएर सोधपुछ गरेको पुष्टि गरेका छन् । आइतबार रास्वपा महाधिवेशनमा बोल्दै प्रधानमन्त्री शाहले यस्तो पुष्टि गरेका हुन् ।

विगतमा राज्य कोष र राज्यको सम्पत्तिमाथि भएको शोषणविरुद्ध जोसुकैसँग दुस्मनी लिन तयार भएको बताए । तर, कुनै दल विशेषसँग दुस्मनी नलिने उनको भनाइ थियो ।

“हामी कोहीसँग पनि दुस्मनी लिँदैनौँ, तर हिजो राज्य कोषमा र राज्यको सम्पत्ति हिनामिना भएको छ भने दुस्मनी लिने हो,” शाहले यसअघि मिडियाले उठाएइका प्रश्नतर्फ संकेत गर्दै भने, “अख्तियारलाई बोलाएर चार–पाँच घण्टा मात्र होइन चार–पाँच वर्ष पनि सोधपुछ गर्ने हो ।”

 

प्रकाशित मिति : आइतबार, असार ७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij