काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आजका लागि स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिमा थपघट र मधेश प्रदेशमा देखिएको विवादका कारण बन्दसत्र शुरू हुन नसकेको हो ।
आज बिहान साढे ८ बजेका लागि तोकिएको बन्दसत्र ९ घण्टापछि भोलिसम्मका लागि स्थगित भएको हो । आजका लागि बन्दसत्रका कार्यक्रम स्थगित गरेर विवादका विषयहरू टुङ्गो लगाउनेगरी तयारी गरेको रास्वपाले जनाएको छ ।
बन्दसत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू पुगेका थिए । उनीहरू दिनभर कुरेर बसे पनि अन्तिम समयमा बन्दसत्र स्थगित भएको हो ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले हिजो ४ हजार २११ जना प्रतिनिधिको नामावली प्रकाशन गरेको थियो । यस्तै आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले मधेश प्रदेशबाट ९६ जना प्रतिनिधि छुटेकालगायत विवाद मिलाउन बाँकी रहेको बताउनुभएको थियो ।
हिजो उद्घाटन भई भोलिसम्ममा नयाँ नेतृत्व चयन गरेर सकिने भनिएको महाधिवेशन कम्तीमा एक दिन थपिने निश्चित भएको छ । तर बन्दसत्रका कार्यक्रम आज नभएपछि महाधिवेशन स्वतः एक दिन लम्बिएको छ ।
प्रकाशित मिति : सोमबार, असार ८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्