काठमाण्डौ – नेपालबाट चोरी गरी अमेरिका पुर्याएका २ वटा मूर्ति फिर्ता भएको छ । न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासमा आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीको मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
महावाणिज्य दूतावासका अनुसार १३औँ शताब्दीको कांस्य पद्मपाणीको मूर्ति काठमाण्डौको थमबहिलको अनुपम कलाकृति मानिन्छ । यो मूर्ति सन् १९७१ र १९७७ बीचको समयमा अवैध रूपमा अमेरिका पुर्याइएको अनुमान छ ।
त्यसैगरी १६औँ शताब्दीको काठबाट निर्मित नृत्यदेवीको मूर्ति ललितपुरको इबहाबहीको उत्कृष्ट काष्ठकलाको नमूना मानिन्छ । यो मूर्ति सन् १९६९ र १९८३ बीचमा चोरी गरी अमेरिका लगिएको अनुमान छ ।
यी मूर्ति न्युयोर्कमा रहेको महानगर सङ्ग्रहालयबाट बरामद भएको थियो । यी दुवै सम्पदा नेपाल पठाउने तयारी छ ।
प्रकाशित मिति : बुधबार, असार १० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्