JanataToday.com

Advertisment

SKIP THIS

रास्वपाका ९९ केन्द्रीय सदस्य छान्‍न मतदान जारी:व्यवस्थापन भद्रगोल भएकोमा प्रतिनिधिको असन्तुष्टि

रास्वपाका ९९ केन्द्रीय सदस्य छान्‍न मतदान जारी:व्यवस्थापन भद्रगोल भएकोमा प्रतिनिधिको असन्तुष्टि

काठमाण्डौ — चितवनमा भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरु भएको छ । महाधिवेशन शुरु भएको पाँचौ दिनमा ९९ पदका लागि विद्युतीय मतदान शुरु भएको हो ।

मतदान आज बिहान १० बजेसम्म चल्नेछ । ९९ पदका लागि ३८४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारविरुद्ध परेका दाबी–बिरोधको छानबिन, उम्मेदवारी खारेजी तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा २०४ जनाको मात्रै उम्मेदवारी कायम गरिएको छ ।

पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यको चुनाव हुने रास्वपाको विधानमा व्यवस्था छ । सभापतिमा रवि लामिछाने निर्विरोध भैसक्नुभएको छ । ९९ केन्द्रीय सदस्यका लागि मतदान भइरहेको हो ।

यसैबीच महाधिवेशनमा देखिएको भद्रगोल व्यवस्थापनप्रति रास्वपाका प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन् । बन्दसत्र र निर्वाचन प्रक्रिया पटक–पटक प्रभावित भएर महाधिवेशन लम्बिएपछि कतिपय प्रतिनिधि घर फर्किएका छन् । पार्टीको भावी दिशा तय गर्ने राजनीतिक दस्तावेजमाथि समेत पर्याप्त छलफल हुन नपाएको प्रतिनिधिहरूले गुनासो छ ।

प्रकाशित मिति : बिहिबार, असार ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij