काठमाडौँ ,नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्ताराष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको आरोप लगाएका छन्।
नेपाल खेलकुद महासंघले मंगलवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन्। अध्यक्ष ओलीले खेलकुद क्षेत्रमा सरकारको हस्तक्षेप रोक्नका लागि पार्टीका सम्बद्ध पक्षलाई निर्देशन दिए।
उनले एन्फामाथि फिफाले लगाएको प्रतिबन्धबाट मनोबल गिराउने काम नगर्न पनि खेलकुद क्षेत्रमा सबैलाई अपिल गरे। अध्यक्ष ओलीले खेलकुद क्षेत्रको जरैदेखि विकास गर्ने काममा सरकारले ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याए।
देशको प्रतिष्ठा बढाउन खेलकुद क्षेत्रको योगदान हुने भएकाले पनि यस क्षेत्रको विकासमा सबैले पहल गर्नुपर्ने उनको भनाइ थियो।
अध्यक्ष ओलीले भने, ‘सरकारले खेल क्षेत्रको विकासमा ध्यान दिनुपर्ने हो। सरकार त हस्तक्षेप गरेर एन्फालाई अन्ताराष्ट्रिय खेलमा प्रतिबन्ध लाग्ने स्थितिमा पुगेको छ। यस स्थितिलाई हामीले परिवर्तन गर्नैपर्दछ। एन्फा अहिले प्रतिबन्ध भयो। त्यसलाई प्रतिबन्धको अवस्थाबाट उन्मुक्त गर्नुपर्छ। यस दिशामा काम गरेर खेलकुद महासंघले योगदान गर्न सकोस्।’
अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासमा आफू नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी गरे ।
प्रकाशित मिति : मंगलबार, असार १६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्