बुटवल ।
बजेटमा किचलोका कारण पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः सूचना टासेर स्थगित भएको छ ।
लुम्बिनी प्रदेश सभा सचिवालयले आज एक सूचना जारी आजका लागि तय भएको प्रदेश सभाको बैठक यही असार २१ गते बस्ने जानकारी गराएको हो ।
आज मिति २०८३ साल आषाढ महिनाको १७ गते बुधबार दिनको १:०० बजे बस्ने गरी पूर्व सूचना अनुसार निर्धारित आठौं अधिवेशनको एघारौं बैठक “प्रदेश सरकारको विशेष अनुरोधमा” स्थगित भएकोले उक्त बैठक माननीय सभामुखज्यूको निर्देशानुसार मिति २०८३ साल आषाढ महिनाको २१ गते आइतबार दिनको १:०० बजे बस्ने गरी तय भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचनामा जनाइएको छ ।
प्रदेश सरकारले पेस गरेको आगामी आर्थिक बर्षकाे बजेटमा सत्ता पक्षकै प्रदेश सभा सदस्यहरू असन्तुष्ट भएपछि प्रदेश सभामा बजेटमाथिको छलफल हुन सकेको छैन ।

प्रकाशित मिति : बुधबार, असार १७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्