विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटकाे सुनुवाइ न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासमा

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटकाे सुनुवाइ न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासमा

काठमाडौँ
नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो ।

पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै गत असार १० गते अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएकी थिइन् । यसअघि न्यायाधीश टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतमा विचाराधीन नेपाल सरकार वादी र दीपक भट्टसमेत प्रतिवादी भएको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको फाइल झिकाउन आदेश दिएको थियो ।

त्यस्तै उच्च अदालत पाटनमा रहेको दीपक भट्टसमेत प्रतिवादी भएको बैंकिङ कसुर सम्बन्धी मुद्दाको फाइल मगाउन भनेको थियो ।

आशिष श्रेष्ठसमेत प्रतिवादी भएको बिमा सम्बन्धी कसुरको काठमाडौँ जिल्ला अदालतमा रहेको मुद्दा र काठमाडौँ जिल्ला अदालतमै रहेकाे सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी भएका धितोपत्र (सेयर) सम्बन्धी दुई छुट्टाछुट्टै मुद्दाका सक्कल फाइलहरू झिकाउन आदेश दिएको थियो ।

उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी असार ९ गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो । विशेष अदालतले गत सोमबार मात्रै पौडेललाई थप तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रकाशित मिति : बिहिबार, असार १८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij