सरकार नागरिकको ‘लाइफ’ भन्दा सामाजिक सञ्जालको ‘लाइक’ मा बढी केन्द्रित भयो : गगन थापा

सरकार नागरिकको ‘लाइफ’ भन्दा सामाजिक सञ्जालको ‘लाइक’ मा बढी केन्द्रित भयो : गगन थापा

 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार नागरिकको ुलाइफु ९जीवन० भन्दा सामाजिक सञ्जालको ुलाइकु मा बढी केन्द्रित भएको आरोप लगाएका छन्।

सोमबार सरकारको १०० दिनको समीक्षा गर्दै थापाले सरकारले लोकतान्त्रिक विधि र प्रक्रियालाई बेवास्ता गरी लोकप्रियताको पछि मात्र कुदेको बताए ।

सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै थापाले भने, अहिलेको सरकारलाई नागरिकको जीवनमा कस्तो प्रभाव पर्छ भन्ने भन्दा पनि सामाजिक सञ्जालमा कति ुलाइकु आउँछ भन्ने कुराले बढी अर्थ राख्न थालेको छ। यो प्रवृत्ति लोकतन्त्रका लागि चिन्ताको विषय हो।

उनले सरकारले ुरुल अफ लु ९कानुनको शासन० भन्दा पनि रुल बाइ ल (कानुनमार्फत शासन) गर्न खोजेको र प्रक्रियालाई मिचेर परिणाम मात्र खोज्दा लोकतन्त्र दुर्घटनामा पर्न सक्ने चेतावनी दिए ।

अर्थतन्त्रको सन्दर्भमा बोल्दै थापाले बैंकहरूमा पर्याप्त तरलता भए पनि व्यवसायीहरूमा आत्मविश्वास नहुँदा लगानी हुन नसकेको बताए ।

सरकारले निजी क्षेत्रलाई तर्साउने र प्रक्रिया मिचेर धरपकड गर्ने गर्दा नयाँ व्यवसाय सुरु गर्ने वातावरण बिग्रिएको उनको तर्क थियो। बैंकमा पैसा छ, तर कर्जा लिन कोही जाँदैनन्। सानोदेखि ठुलो व्यवसायीसम्म कसैमा पनि आत्मविश्वास छैन, किनकि सरकारको व्यवहार प्रक्रियासम्मत छैन, थापाले भने।

संविधान र संघीयताको विषयमा पनि थापाले सरकारको निष्ठामाथि प्रश्न उठाए। संविधान बनाउँदाका संवेदनशीलता र मर्मलाई सरकारले बुझ्न नसकेको र यसलाई हल्का रूपमा लिएको उनको आरोप छ।

सरकार सञ्चालन गर्ने दलहरूबिच नै संविधानका आधारभूत विषयमा फरक(फरक धारणा आउनु र हचुवाका भरमा टिप्पणी गरिनुले प्रणाली नै कमजोर हुने उनले बताए। परराष्ट्र नीतिका सन्दर्भमा पनि सरकारले राष्ट्रिय हितभन्दा बढी आन्तरिक लोकप्रियता ९डोमेस्टिक कन्जम्सन० लाई प्राथमिकता दिएको थापाको निष्कर्ष छ।

प्रकाशित मिति : आइतबार, असार २१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij