देउवा पुत्र जयवीरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, विभागले काट्यो पत्र

देउवा पुत्र जयवीरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, विभागले काट्यो पत्र

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई बयानका लागि सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ

विभागले सोमबार बुढानीलकण्ठस्थित जयवीर देउवाको ठेगानामा पुगेर उपस्थितिका लागि पत्र टाँस गरेको हो । पत्रमा उनीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले तोकिएको समयभित्र विभागमा उपस्थित हुन भनिएको छ ।

यसअघि विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई समेत अनुसन्धानका लागि पुर्जी जारी गरिसकेको थियो

स्रोतका अनुसार जयवीर देउवाविरुद्ध नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद ठेक्का र ई-पासपोर्ट खरिद ठेक्कामा भएको भनिएको अनियमिततासँग सम्बन्धित उजुरी परेका छन् । ती उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतका निकायले अनुसन्धान अघि बढाएका छन् ।

सोही अनुसन्धानको सिलसिलामा विभागले जयवीर देउवालाई बयानका लागि उपस्थित हुन पत्र जारी गरेको स्रोतले जनाएको छ । हाल विभागले अनुसन्धान जारी राखेको छ भने सम्बन्धित पक्षबाट यस विषयमा औपचारिक सार्वजनिक प्रतिक्रिया आएको छैन ।

 

प्रकाशित मिति : मंगलबार, असार २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij