विश्वकपबाट आयोजक अमेरिका बाहिरियो, जितसँगै बेल्जियम क्वाटरफाइनलमा

विश्वकपबाट आयोजक अमेरिका बाहिरियो, जितसँगै बेल्जियम क्वाटरफाइनलमा

 

काठमाडौं । फोलारिन बालोगुन पुनः टोलीमा फर्किए पनि अमेरिका फिफा विश्वकप फुटबलबाट बाहिरिएको छ । अन्तिम १६ को खेलमा बेल्जियमले अमेरिकामाथि ४-१ को प्रभावशाली जित दर्ता गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

बेल्जियमको जितमा चार्ल्स डे केटेलारेले दुई गोल गरे भने हान्स भानाकेनले अमेरिकी गोलरक्षक म्याट फ्रिसेको गम्भीर गल्तीको फाइदा उठाउँदै अर्को गोल थपे ।त्यस्तै इन्जुरी समयमा रोमेलु लुकाकुले नजिकैबाट शक्तिशाली प्रहार गर्दै बेल्जियमको चौथो गोल गरेका थिए ।

योसँगै पछिल्ला पाँच विश्वकपमध्ये अमेरिकाले चार पटक अन्तिम १६ चरणमै यात्रा टुंग्याएको छ । सन् २०१८ मा भने अमेरिका विश्वकपका लागि छनोट हुन नै सकेको थिएन । सन् २०१४ को विश्वकपमा पनि बेल्जियमले अमेरिकालाई अन्तिम १६ बाटै बाहिरिएको थियो। त्यसबेला खेल अतिरिक्त समयसम्म पुगेको थियो भने यसपटक बेल्जियम सुरुदेखि नै हावी देखियो ।

अब बेल्जियमले क्वाटरफाइनलमा स्पेनको सामना गर्ने छ ।

प्रकाशित मिति : मंगलबार, असार २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij