बझाङमा जिप दुर्घटना ३ जनाको मृत्यु :५ जना घाइते

बझाङमा जिप दुर्घटना ३ जनाको मृत्यु :५ जना घाइते

बझाङ — बझाङमा शनिबार जिप दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ५ जना सख्त घाइते भएका छन् ।

केदारस्युँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुहावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेको हो । दुर्घटनामा तीन जनाको मृत्यु भएको र पाँच जना गम्भीर घाइते भएको जानकारी आएको केदारस्युँ गाउँपालिकाका विपद् फोकल पर्सन लेखराज रावलले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्स्पेक्टर दिपक विष्टले पनि तीन जना यात्रुको मृत्युको जानकारी प्राप्त भएको बताए । मृतकको पहिचान भएको छन् । दुर्घटनास्थलमा उद्धार कार्य चलिरहेको छ ।

प्रकाशित मिति : शनिबार, असार २७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij