असार सकिन लाग्दा रोपाइँ आधा पनि सकिएन

असार सकिन लाग्दा रोपाइँ आधा पनि सकिएन

काठमाडौँ : देशभर मनसुनी वायुको प्रभावसँगै पानी परेपछि धान रोपाइँ चलिरहेको छ तर असारकाे अन्तिम सातासम्म पनि अपेक्षित रूपमा रोपाइँ हुनुपर्ने जमिनको आधामा पनि रोपाइँ सकिएको छैन।

कृषि विभागले सार्वजनिक गरेको विवरणअनुसार असार २६ गतेसम्म धान रोपाइँ हुने अनुमान गरिएकोमध्ये ४५.८१ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ। यो वर्ष १३ लाख ७० हजार ६२ हेक्टरमा धान खेती हुने अनुमान गरिएको छ।

गत शुक्रबारसम्म ६ लाख २७ हजार ५६६.७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। गतवर्ष असार २९ गतेसम्म ५९.२८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको थियो।

मनसुन पूर्ण रूपमा सक्रिय नहुँदा असार दोस्रो सातासम्म पनि रोपाइँ खासै अघि बढ्न सकेको थिएन। हरेक वर्षझै यो वर्ष पनि सिँचाइकाे अभाव मलको अभावबाट किसानले गुज्रनुपरेको गुनासाे गरिरहेका छन्। आकाशे पानीकाे भरमा धान राेप्नुपर्ने ठाउँका किसानले पर्याप्त पानी नपर्दा बीउ तयार भइसक्दा पनि रोपाइँ गर्न सकेनन्।

देशभर असार १२ गतेसम्म ११.३३ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको थियो, जुन गतवर्षको तुलनामा ४.२७ प्रतिशतले कम हो। गत हप्ता (असार २२ गते) सम्म रोपाइँ ३२ प्रतिशत जग्गा सकिएको थियो।

कुन प्रदेशमा कति रोपाइँ भयो ?

कृषि विभागका अनुसार गण्डकी प्रदेशमा ६५.९ प्रतिशत अर्थात् रोपाइँ हुने ९३ हजार ६०६ हेक्टरमध्ये ६१ हजार ७२७ हेक्टरमा धान रोपिएको छ।

यसैगरी लुम्बिनीमा ३ लाख १ हजार ३७२ मध्ये १ लाख ७९ हजार ६३१ (५९.६ प्रतिशत), बागमतीमा ५७.१ प्रतिशत रोपाइँ सकिएको छ। बागमती प्रदेशमा धान रोपाइँ हुने १ लाख १४ हजार ५२४ हेक्टरमध्ये ६५ हजार ४४६ हेक्टरमा मात्र रोपाइँ सकिएको छ।

यसैगरी कर्णालीमा १७ हजार ५४९ (४०.५ प्रतिशत, सुदूरपश्चिममा ८९ हजार ७४२ (५७.९ प्रतिशत) रोपाइँ सकिएको छ।

सबैभन्दा कम मधेश प्रदेशमा ३२.८ प्रतिशत र कोशीमा ३१.५ प्रतिशत जमिनमा मात्र धान रोपिएको छ। अन्नको भण्डार मधेशमा ३ लाख ८५ हजार ९३३ र कोशीमा २ लाख ७६ हजार ३८७ हेक्टरमा धान रोपाइँ हुन्छ।

प्रकाशित मिति : आइतबार, असार २८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij