वर्षा र पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध

वर्षा र पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध

काठमाण्डौ — वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीको पछिल्लो सूचना अनुसार कास्कीको मादी गाउँपालिका–२, ज्याम्दीमा रहेको पोखरा–ताङतिङ सडकखण्ड गएरातिदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यसैगरी गुल्मीको छत्रकोट गाउँपालिका–३, काउलेमा पहिरो खस्दा मदन भण्डारी राजमार्ग अवरुद्ध बनेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारीमा अरनिको राजमार्ग पनि पहिरोका कारण गएरातिदेखि नै पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

यस्तै रोल्पाको परिवर्तन गाउँपालिका–१, खोलावाङमा रहेको घोराही–रुकुम शहीद मार्ग तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका–२, डुड्खोलाको सालझण्डी–ढोरपाटन सडकखण्ड हिजोदेखि पूर्ण रूपमा अवरुद्ध छन् ।

मकवानपुरको थाहा नगरपालिका–८, स्यार्चेडाँडामा कान्तिलोकपथ पनि अस्ति शनिबारदेखि पहिरोका कारण बन्द रहेको छ । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी ९बीपी राजमार्ग० सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै गएको जेठ २२ गतेदेखि गाडी चलाउन रोक लगाइएको छ ।

यसअघि इलामको राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग पनि अविरल वर्षाका कारण अवरुद्ध भए पनि त्यस क्षेत्रमा वैकल्पिक मार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले वर्षा निरन्तर भइरहेकोले पहिरो तथा बाढीको जोखिम भएका सडकमा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : सोमबार, असार २९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij