काठमाडौँ , प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याल निष्पक्ष हुन नसकेको आरोप लगाएका छन्।
सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै नेता आङ्देम्बेले सदनमा सभामुखले आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा बुझ्न आवश्यक रहेको बताए।
नेता आङ्देम्बेले संसदमा कुनै पनि विषयलाई लिएर विपक्षी दलहरुले विरोध जनाउँदा सबैको तर्फबाट एक जनाले विचार राख्नुपर्ने सभामुखको मनसाय हुने गरेकोप्रति असन्तुष्टि जनाए। उनले सबै दलका प्रतिनिधिले सदनमा आफ्नो धारणा राख्न पाउनुपर्ने बताए।
‘संसदमा विरोध जनाएपछि पछि विपक्षी दलहरु सबैले बोल्न पाउनुपर्यो, यो नाडी छाम्ने काम गर्नुहुँदैन संसद्भित्र। सदन सञ्चालन गर्नुहुने सभामुखज्युले आफ्नो भूमिका बुझ्नुपर्छ। उहाँ अहिले कुनै पार्टीको हुनुहुन्न’, उनले भने, ‘यो कुरा बुझेर अगाडि बढ्नुभयो भने सजिलो हुन्छ। संसद्मा जे जस्तो खालको अभिव्यक्ति आउने गरेका छन्। त्यसमा पनि प्रतिपक्षले दैनिक कार्यसूचीलाई सञ्चालन गर्न निम्ति जुन सहृदयता देखाएको छ यसलाई कमजोरी नठानी मित्रवत् सम्झिनुपर्छ।’
सत्तापक्षको तर्फबाट सदनमा बारम्बार विवादित अभिव्यक्ति सार्वजनिक हुँदाहुँदै पनि प्रतिपक्षले दैनिक कार्यसूची सञ्चालनमा सहयोग गरेको विषयलाई कमजोरीको रूपमा नलिन समेत चेतावनी दिए। आङ्देम्बेले सत्तापक्षले विपक्षी दलहरूसँग समन्वय नगर्दा सदनमा समस्या सिर्जना भइरहेको पनि बताए।
प्रकाशित मिति : सोमबार, असार २९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्