काठमाडौं , उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको जाँदै हुनुहुन्छ।
कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनमा कतारी नेतृत्वप्रति नेपाल सरकारको तर्फबाट समवेदना प्रकट उपराष्ट्रपति यादव १४ देखि १६ जुलाई २०२६ सम्म कतारको औपचारिक भ्रमणमा जान लाग्नुभएको हो ।
उपराष्ट्रपति यादव १५ जुलाई २०२६ मा कतारका अमिर महामहिम शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट समवेदना पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उपराष्ट्रपतिको साथमा उच्च पदस्थ सरकारी अधिकारीहरू पनि रहनेछन्। उपराष्ट्रपति यादव १६ जुलाईमा काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : मंगलबार, असार ३० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्