डेङ्गी राेकथामका लागि आजदेखि ३ महिने सचेतना अभियान शुरू भएको छ । डेङ्गीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन, भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न थालेको हो ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै ७५३ वटै पालिकालाई ‘डेङ्गी सचेतना ३ महिने अभियान’ सञ्चालन गर्न निर्देशन दिएको छ । अभियानअन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने भएको छ ।
डेङ्गी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलापमार्फत जनचेतना जगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ ।
अभियानअन्तर्गत मुख्य गरी हरेक हप्ता ‘हरेक शुक्रवार, सफा शुक्रवार’ कार्यक्रम सञ्चालन गरी सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ ।
पालिकाले कम्तीमा हप्ताको १ दिन समुदायको सक्रिय सहभागितामा ‘लामखुट्टेको प्रजनन स्थल तथा वासस्थान खोज तथा नष्ट अभियान’ चलाउने, डेङ्गी रोकथामका लागि बहुनिकाय समन्वय सुदृढ गर्ने तथा वर्कशप, ग्यारेज, कवाडी सामान व्यवस्थापन स्थल र निर्माणाधीन भवनजस्ता पानी जम्ने सम्भावना भएका ठाउँहरूको नियमित अनुगमन गरी पानीको निकास र व्यवस्थापन गर्न आह्वान गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्