बुटवल, रुपन्देहीमा विभिन्न क्षेत्रमा रहेका उद्योग तथा अन्य क्षेत्रमा रहेकायुवाहरुलाई व्यवसायमा एआई उपकरणको प्रयोग तथा सीएनसी काठ राउटर सञ्चालन तालिमसम्पन्न भएको छ ।
रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथाफर्निचर उद्योग संघ रूपन्देही र सक्षम नेम आइटी एजुकेसन प्रालिको समन्वयमा सञ्चालित यी तीन वटा तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । रुपन्देही उद्योग संघमा आयोजित समापन समारोहमासंघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले आधुनिक प्रविधिकोविकाससँगै उद्योग तथा व्यवसाय सञ्चालन गर्ने तरिकामा तीव्र परिवर्तन आएको र समयअनुसार नयाँ प्रविधि तथा सीप सिक्नसके उद्योगको उत्पादन, सेवा, गुणस्तरसँगै प्रतिस्पर्धात्मक क्षमताबढाउन सहज हुने बताउनुभयो ।
उद्योग क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न रूपन्देही उद्योग संघले आगामी दिनमा पनि यस्ता व्यावहारिक तथा समयसापेक्ष तालिमलाई निरन्तरता दिने उहाँको प्रतिबद्धता थियो ।
रूपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले आधुनिक मेसिन र डिजिटलप्रविधिको प्रयोग हरेक उद्योगीको आवश्यकता बनिसकेको बताउनुभयो । यस्ता प्रविधिले उत्पादनलाई छिटो,गुणस्तरीय र व्यवस्थित बनाउन सहयोग पुग्ने उल्लेख गर्दै काफ्लेले सिकेको सीपलाई निरन्तर प्रयोग गर्नसहभागीहरूलाई आग्रह गर्नुभयो। दक्ष जनशक्ति नै उद्योग विकासको आधार भएको वहाँको भनाइ थियो ।
व्यवसायमा एआई उपकरणको प्रयोगसम्बन्धी तालिमका प्रशिक्षक ई अमृत रानाभाटले आधुनिक डिजिटल उपकरणको सही प्रयोगले व्यवसाय सञ्चालन, ग्राहक सेवा, प्रचार–प्रसार, सामग्री निर्माण तथा कार्यालय व्यवस्थापनलाई सरल र प्रभावकारी बनाउन सकिने जानकारी दिनुभयो। सिकेका सीपलाई दैनिक काममा प्रयोग गर्नसके समय, श्रम र लागतको बचत हुने रानाभाटको भनाइ थियो । प्रशिक्षार्थीका तर्फबाट दिनेश घिमिरेले यो तालिम निकै प्रभावकारी र उपयोगी भएको र तालिमबाट व्यवसायमा उपयोगी आधुनिक डिजिटल उपकरणहरूको प्रयोग, सामग्री निर्माण, प्रस्तुतीकरण तथा कार्यालय व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञानर सीप हासिल भएको बताउनुभयो। यस्ता तालिमले आफ्नो पेशागत क्षमता बढाउन महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै आगामी दिनमा थप निरन्तर तालिम सञ्चालन गर्न सुझाव दिनुभयो।
त्यसैगरी प्रशिक्षार्थीका तर्फबाट मनोज आचार्यले बीएससी काठ राउटर सञ्चालन सम्बन्धी तालिमबाट आधुनिक मेसिन सञ्चालन, डिजाइनअनुसार उत्पादन गर्ने विधि, मापनको शुद्धता कायम गर्ने तरिका तथा सुरक्षित कार्य प्रणालीबारे व्यावहारिक ज्ञान हासिल भएको बताउँदै सिकेका सीपलाई आफ्नो उद्योग तथा व्यवसायमा प्रयोग गरी उत्पादनको गुणस्तर र उत्पादकत्व बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष हरिबहादुर खत्री, महिला सचिव मञ्जु भुसाल,सल्लाहकार रामप्रसाद आचार्यको सहभागिता रहेको थियो । समारोहमा तीन वटा तालिममा सहभागी ६० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो। यो कार्यक्रमको संयोजन सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको थियो।
स्थानीय उद्योग तथा व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै दक्ष, आत्मनिर्भर र रोजगार मुखी जनशक्ति उत्पादन गरेको गर्ने, उद्योगको उत्पादनशीलता र प्रतिस्पर्धात्मक क्षमता बढाउने, विदेशी प्रविधि तथा जनशक्ति माथिको निर्भरता घटाउने तथा सम्मानजनक रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यले यी तालिम सञ्चालन गरिएको रूपन्देही उद्योग संघले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, साउन २ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्