घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर रकम असुल्ने एक जना रुपन्देहीमा पक्राउ

घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर रकम असुल्ने एक जना रुपन्देहीमा पक्राउ

तिलोत्तमा , रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –१३ शान्तिनगरबाट घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम माग्दै हिँड्ने एक जनालाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका –१३ घर भई हाल ओमसतिया गाउँपालिका –०४ बालापुरमा कोठा भाडामा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् ।

शुक्रबार साउन ८ गते साँझ भैरहवा बजार क्षेत्रमा राणाले “म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा हुँ भन्दै पेस्तोल देखाएर सर्वसाधारणसँग रु। १० हजार मागिरहेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको थियो ।

उनको शरीर तथा डेरा कोठाको खानतलासी गर्दा कोठामा लुकाइछिपाइ राखिएको नक्कली रिभल्भर एक थान, सवारी चालक अनुमतिपत्र एक थान, लागु औषध गाँजा ५०० ग्राम, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल एक थान तथा नेपाली नगद रु। २ हजार ६ सय बरामद गरि बरामद सामग्री सहित जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति : शनिबार, साउन ९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij