काठमाण्डौ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारहरूमा सहकार्य गर्ने लिखित सहमति भएको छ । आज शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिअनुसार नेकपा एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व गर्नेछ भने नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व सम्हाल्नेछ।
यद्यपि, गण्डकी र मधेश प्रदेशको सरकार गठनबारे भने अझै टुंगो लागेको छैन । यी दुई प्रदेशमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा अन्य राजनीतिक दलहरूसँग थप छलफल गरी नेतृत्व र सहभागिताको ढाँचा तय गर्ने सहमति भएको छ।

प्रकाशित मिति : शनिबार, साउन ९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्