सुनसरीको कप्तानगञ्जमा भएको विवाद र झडपका क्रममा एक जनाको ज्यान गयो १२ जना घाइते

सुनसरीको कप्तानगञ्जमा भएको विवाद र झडपका क्रममा एक जनाको ज्यान गयो १२ जना घाइते

काठमाण्डौ ,सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीच भएको विवाद र झडपका क्रममा एकजनाको जनाको ज्यान गएको छ । १२ जनाभन्दा धेरै घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भिड नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको हो ।

गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल लगिएको र उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाइ छ । घटनामा सशस्त्र प्रहरी निरीक्षकसहित ८ जना प्रहरीसहित अरु केही घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार आज साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहँदा अर्को पक्षले मध्यरातमा अनावश्यक होहल्ला भएको भन्दै विरोध गरेपछि दुई समूहबीच भनाभन भई झडपको स्थिति उत्पन्न भएको थियो ।

झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरुमा अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि हवाई फायर गर्दा समेत अवस्था सामान्य हुन नसकेपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँचवटा इलाकामा कर्फ्यु लगाएको छ । प्रशासनले हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको हो ।

यस्तै हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको सबै क्षेत्रमा आज बेलुका ७ बजेसम्मका लागि ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा पनि लगाइएको छ ।

प्रकाशित मिति : सोमबार, साउन ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij