नेपालका बिभिन्न ऐेतिहासीक सम्पदास्थलको भारतीय पत्रकारहरुको एक प्रतिनिधि मन्डलले गरे स्थलगत भ्रमण

नेपालका बिभिन्न ऐेतिहासीक सम्पदास्थलको भारतीय पत्रकारहरुको एक प्रतिनिधि मन्डलले गरे स्थलगत भ्रमण

अंग्रेज फौजलाई तत्कालिन कर्णेल उजिरसिंहले युद्धमा पराजित गरेको सुन्दा भारतीय पत्रकारहरु दङ्ग

भैरहवा , अंग्रेज फौजलाई हराएको ऐेतिहासीक सम्पदास्थलको रुपमा परिचीत नेपालको विभिन्न स्थलहरुको भारतीय पत्रकारहरुको एक प्रतिनिधि मन्डलले स्थलगत भ्रमण गरेका छन् ।

पाल्पाको नुुवाकोट गढी, रुपन्देहीको मणिमुुकुुन्दसेन पार्क र रुपन्देहीकै जितगढीमा भारतको विभिन्न सन्चार गृहमा सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरुको टोलिले भ्रमण गरेका हुन् ।

जि न्यूज टेलिभिजन भारतका बरिष्ठ संवाददाता समेत रहेका महाराजगन्ज प्रेस क्लब उत्तर प्रदेशका अध्यक्ष अमित त्रिपाठीको नेतृत्वमा रहेका २३ सदस्यीय भारतीय पत्रकारहरुको प्रतिनिधी मन्डलले नेपाल र भारतको ऐतिहासीक सम्बन्धमा महत्वपुर्ण योगदान दिएका विभिन्न स्थलहरुको भ्रमण गरेका हुन् ।

भारतीय मूलधारका मिडीया जि न्यूजका बरिष्ठ सम्बाददाता अमित त्रिपाठी, आजतक टेलिभिजनका अमितेश त्रिपाठी, हिन्दूस्तान दैनिकका आलोक जोशि, डिडि न्यूज टिभिका रोहित त्रिपाठी, दैनिक भास्कर पत्रिकाका सुदेश त्रिपाठी, इन्डीया न्यूज टिभिका अजय जैसवाल, अमर उजला दैनिकका दिनेश जयसवाल, एबिपी न्यूज टिभिका अमितेश गुुप्ता, सि न्युज टिभिका अंगद शर्मा लगायत २३ सदस्यीय पत्रकारहरुलाई नेपाल एशोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) लुम्बिनी सहयोगमा ऐतिहासीक सम्पदा स्थल र हिल स्टेशनहरुको भ्रमण गराईएको लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले बताए ।

नेपाल एशोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) लुम्बिनीले भारतीय पत्रकारहरुलाई पाल्पाको नुुवाकोट गढी, रुपन्देहीको मणिमुुकुुन्दसेन पार्क र रुपन्देहीकै जितगढी जहाँ दशकौसम्म भारतमा साशन गरेका अंग्रेजहरु नेपालमा कसरी हार ब्यहोरेका थिए भन्ने ऐतिहासीक जानकारी सहित फार्म ट्रिप गराएको नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापाले बताए । भारतीय पत्रकारहरुलाई पाल्पाको नुवाकोट गढी र रुपन्देहीको मणिमुुकुुन्दसेन पार्क फुलबारीमा ईतिहाँसका जानकार समेत रहेका पर्यटन ब्यवसायी माधब नेपालले विरगाथा बताएका थिए । पर्यटन ब्यवसायी नेपालले हजारौको संख्यामा रहेका अंग्रेज फौजलाई सीमित सेना सहित बसेका तत्कालिन कर्णेल उजिरसिंहले युद्ध कौशलता अपनाउँदै पराजित गरेको वीरकथा सुुनाउँदा भारतीय पत्रकारहरु दङ परेको हिन्दूस्तान दैनिकका बरिष्ठ सम्बाददाता आलोक जोशिले बताए ।

सीमावर्ति सहर नौतनवा, कोल्हुुई, महाराजगन्जमा तापक्रम ४० डिग्रीको हाराहारीमा हुुँदा सुुनौलि बोडरबाट करिब एक घन्टाको दुरीमा रहेको पाल्पाको नुुवाकोट गढीमा ३० डिग्रीको तापक्रममा प्राकृतिक मनोरम दृश्य हेर्दै हिल स्टेशनको आनन्द लिन पाउनुु उत्तर प्रदेशका सबै भारतीयहरुकोलागि खुुसीको विषय भएको इन्डीया न्यूज टिभिका अजय जैसवालले बताए ।

भारतीय पत्रकारहरुलाई बुुटवलको जितगढीमा बुुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पान्डेले स्वागत गर्दै जितगढी किल्लाको बर्णन गरेका थिए । करिब एक घन्टा जत्ति उक्त किल्लामा रहेका ऐतिहासीक सम्पदा स्थल, ग्रेटर नेपालको नक्सा, युद्ध कौशल सहितको चित्रावलि, सहिद पार्क तथा उजिर सिंहको कथा , बटौलिको पुरानो कथा समेत बर्णन गर्दा भारतीय पत्रकार समेत दङग परेको पर्यटन ब्यवसायी समेत रहेका नाट्टा लुम्बिनीका पुर्व अध्यक्ष सागर अधिकारीले बताए ।

भारतलाई उपनिवेश बनाएका अंग्रेजहरुले नेपालमाथि हमला गर्नेगरी वि.सं. १८७२ वैशाख ७ गते बुुटवलमा आक्रमण गरेका थिए । तत्कालिन नेपाली सेनाका कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले शक्तिशाली अंग्रेज सेनालाई पराजित गरी ऐतिहासिक विजय हासिल गरेको ठाउँको रुपमा जितगढी परिचीत रहेको छ । नेपाल–अंग्रेज युद्धका बेला देशको सार्वभौमिकता जोगाउन लडेका वीर गोरखा सैनिकहरूको शौर्य र बलिदानको गाथासँग यो किल्ला जोडिएको छ ।

आध्यात्मीक पर्यटनकोलागि नेपाल भारतका पत्रकार र ब्यवसायीहरुको एकता जरुरी ‘

भारतीय पर्यटक लक्षित आध्यात्मीक पर्यटनको प्याकेज बनाएर त्यसको प्रबद्धन र प्रचार गर्नुपर्नेमा नेपाल र भारतका पत्रकार तथा जनप्रतिनिधीले जोड दिएका छन् । नेपाल एशोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) लुम्बिनीको आयोजनामा बुुटवलमा सम्पन्न नेपाल भारत पर्यटन पत्रकार भेटघाट कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बुुटवल उपमहानगरका प्रमुख खेलराज पान्डेले भने, ‘८ घन्टाको दुरीमा रहेको भारतको उत्तर प्रदेशको प्रयागराजमा करोडौ तीर्थयात्री स्नानकोलागि जान सक्छन भने बोडरदेखि केहि घन्टाको दुरीमा रहेको कालिगन्डकी हुदै मुुक्तिनाथ लाखौँ भारतीय तीर्थयात्री जाने बातवरण बनाउनुपर्दछ । ’

भारतको ताजमहल जस्तै पाल्पाको रानिमहल, बुुद्ध जन्मस्थल लुम्बिनी, प्युुठानको स्वर्गद्वारी, रुपन्देहीको सिद्धबाबा, शालिग्राम पाईने एकमात्र तीर्थस्थल कालिगन्डकी हुदै मुक्तिनाथ सम्म र गुुल्मीको रेसुुङा, अर्घाखाचीको सुुपा देउरालि यी सबै ऐतिहासीक महत्व बोकेका धार्मिक क्षेत्रलाई समेटर सस्तो धार्मिक पर्यटन प्याकेज बनाउनुुपर्नेमा नगर प्रमुख पान्डेले नेपाल एशोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) लुम्बिनीलाई आग्रह समेत गरेका छन् ।

नगर प्रमुख पान्डेले छिट्टै बुुटवलमा भारतीय पत्रकार, पर्यटन ब्यवसायी सहित अध्यात्मीक पर्यटनको बारेमा बृहत अन्तरक्रिया गर्ने प्रतिबद्धता समेत जनाए ।

नेपाल एशोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) लुम्बिनीका अध्यक्ष चन्द्र बहादुर थापाको सभापत्विमा सम्पन्न कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख जनक शाहिले नेपाल घुुम्न आउने भारतीय पर्यटकहरुलाई नेपालमा ढुुक्क भएर भ्रमण गर्न अनुरोध गरे ।

पाँच तारे होटल हायतका सन्चालक समितीका अध्यक्ष समेत रहेका समाजसेवि चुुन्नुु प्रसाद पौडेलले सीमावर्ति भारतीय पर्यटकहरुलाई उच्च स्तरको सेवा दिनेगरी लुम्बिनी क्षेत्रमा धेरै तारे होटलहरु सन्चालन भईरहेको बताए । अध्यक्ष पौडेलले भने, ‘हामी भारतीय पर्यटकहरुलाई उच्च स्तरको सेवा दिनेगरी सम्पुर्ण पुरा तयारी अवस्थामा छौँ । नेपालको आध्यामिक, प्राकृतिक तथा ऐतिहासीक पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले आउनेहरुलाई विशेष सुविधा पनि दिईरहेका छौँ । ’

भारतीय पर्यटक लक्षित योजनालाई साकार पार्न भारतमा प्रचार प्रशारलाई विशेष प्राथमिकता दिएर सहयोग गर्ने सो अवसरमा महाराजगन्ज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठीले बताए ।

नाट्टा लुम्बिनीको सचिव मन्जुु गिरीको सन्चालनमा सम्पन्न कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधब खनाल, होटल तथा रेष्टुरेन्ट ब्यवसायी महासंघका महासचिव राजेश महतरा, केन्द्रिय सदस्य लेखनाथ भन्डारी, पर्यटन परिषद लुम्बिनीका अधिकृत जनक खनाल, नाट्टा लुम्बिनीको सल्लाहकार अनिलमान श्रेष्ठ, सल्लाहकार सागर अधिकारी, होटल हायतको सिईओ नितेश मालपानि, बुुटवल उमहानगर पालिका वडा नं ४ को अध्यक्ष नरिश्वर पौडेल, नाट्टा लुम्बिनीको बरिष्ठ उपाध्यक्ष कुलचन्द्र पान्डे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, पत्रकार कुलमणी ज्ञवाली लगायतले आध्यात्मीक पर्यटनकोलागि नेपाल भारतका पर्यटन ब्यवसायी, पत्रकारहरु एकताबद्ध भई अगाडी बढेमा फलदायि हुने बताए ।

 

प्रकाशित मिति : सोमबार, साउन ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij