गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

 

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली कांग्रेसका सभापति गगन थापाले लिएको पहलकदमीले तिब्रता पाएको छ ।

सामाजिक सञ्जालवाट सामाजिक र धार्मिक सदभावका लागि आब्हान गरेका सभापति थापाले आज पनि पार्टीका पदाधिकारी तथा नेताहरूसँग सामुहिक छलफल गरेका छन्।

छलफलमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेश प्रदेशका प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला कार्यसमिति तथा पालिका तहका नेतृत्वको सहभागिता रहेको थापाको सचिवालयले जनाएको छ

छलफलका क्रममा मधेशको पछिल्लो सुरक्षा अवस्था, हिंसात्मक घटनाको प्रभाव, स्थानीय जनजीवन तथा शान्ति सुरक्षा कायम गर्ने बिषयमा थापाले पदाधिकारी देखी स्थानिय नेताहरूसँग छलफल गरेका हुन्।

प्रकाशित मिति : शुक्रबार, साउन १५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij