साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न ६५ जना पक्राउ

साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न ६५ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लाबाट ६५ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार साउन १६ गते बिहान ९ बजेसम्म गरिएको कारबाहीमा सबैभन्दा धेरै धनुषाबाट ४५ जना पक्राउ परेका छन् । त्यसैगरी सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरी र सुनसरीबाट २-२ जना र पर्सा र सप्तरीबाट १-१ जना पक्राउ परेका छन्।

प्रहरीले विभिन्न जिल्लामा साम्प्रदायिक सद्भाव बिथोल्ने तथा सामाजिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउँदै कानुनी कारबाही अघि बढाइएको जनाएको छ ।

नेपाल प्रहरीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा सार्वजनिक शान्ति कायम राख्न सबैलाई संयमित हुन आग्रह गर्दै कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट गरेको छ ।

प्रहरीले ‘विविधतामा एकता, हाम्रो पहिचान’ भन्ने सन्देशसहित सबै समुदायलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न पनि अपिल गरेको छ।

प्रकाशित मिति : शनिबार, साउन १६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij