सिरहा । सिरहाको गोल बजारमा गत साउन १४ गते भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबिच ७ बुँदे सहमति भएको छ। शुक्रबार औरही गाउँपालिका–२, मोतीपुरमा मृतकका अभिभावक र गृह मन्त्रालयका प्रतिनिधिबिच भएको चरणबद्ध वार्तापछि सहमति पत्रमा हस्ताक्षर भएको हो।
त्यस्तै, साउन १४ गतेको घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने सहमतिमा उल्लेख छ। घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिसहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार तयार भएको छ।
पीडित परिवारलाई रोजगारी र उपचारको व्यवस्था
हमति पत्र अनुसार मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गरिनुका साथै मृतककी श्रीमती र बहिनीलाई पनि उपयुक्त रोजगारीका लागि पहल गरिनेछ। यसका साथै, मृतकका बुवाको स्वास्थ्य उपचारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र पहल गरिनेछ।
स्मृति पार्क र सालिक निर्माण गरिने
मृतकको सम्झनामा स्थानीय सरकारको समन्वयमा औरही गाउँपालिकाको उपयुक्त स्थानमा एक स्मृति पार्क निर्माण गरिने र पार्कभित्र मृतक गणेश यादवको सालिक स्थापना गरिने विषय पनि सहमतिमा समेटिएको छ।
गृह मन्त्रालयसँग सहमति भएसँगै मृतकका आफन्तहरू शवको अन्त्येष्टि गर्न तयार भएका छन्। लामो समयदेखि तनावग्रस्त बनेको सिरहाको गोलबजार तथा आसपासको क्षेत्र सहमतिपछि हाल शान्त र सामान्य बनेको छ।
प्रकाशित मिति : शनिबार, साउन १६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्