तिलोत्तमा , नेपाल अडिटर्स एसोसियसन ‘अडान ‘ लुम्बिनी प्रदेशको २१ औं स्थापना दिवस, सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
भएको छ।
कार्यक्रममा प्रमुख अतिथि एवं केन्द्रीय अध्यक्ष बद्रि प्र भट्टराई ले अडानको २० बर्षको इतिहासमा ४०/५० बुंदे सुझाव दिएकोमा अहिले आएर सुनुवाई भएको प्रति सरकारलाई धन्यवाद दिनुभयो। अर्थ मन्त्रालयले आर्थिक ऐनमा ल्याएको परिवर्तनको पनि उहाँले प्रसंसा ब्यक्त गर्नुभयो। २०६३ मा स्थापना भएको यस एसोसियसन शुरुका दिनमा भन्दा अहि संख्यात्मक रुपमा घट्दै गएको पनि जानकारी गराउनु भयो । उहाँले अडिटर्स एसोसियसनले श्रेणीगत रूपमा क्षमता अभिवृद्धि गर्ने गरेको बताउनुभयो।
कोश तथा लेखा नियन्त्रण कार्यालय भैरहवाका बरिष्ठ कर अधिकृत नरेश पन्थीले करका दर परिवर्तन सम्बन्धमा प्रष्ट पार्नु भएको थियो । अन्त:शुल्क असुल उपर गरे नगरेको,र त्यसमा लाग्ने कर एक प्रतिशत बुझाउँदा पनि करमा छुट हुने व्यवस्था अहिले रहेको जानकारी गराउनुभयो।
नेपाल अडिटर्स एसोसियसन रुपन्देही अध्यक्ष राम प्रसाद पौडेल ,बरिष्ठ चाटर्ड एकाउन्टेन्ट शिवहरी शर्माले नेपाल ब्याबहारिक दृष्टिकोणले मात्र चलेको , नियम कानुन मा जाने हो भने ब्याबसाय गर्न कठिन रहेको। सम्पत्ति शुद्धीकरण देखि का समस्याले ब्यावसायी हतोत्साहित भएको बताउनुभयो।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख दिपक ज्ञवालीले , सरकारले बिगतमा भन्दा ऐन कानून,बिधि र बिधानमा परिमार्जन गरेको छ त्यही अनुसार अडिटर्स एसोसियसन ले ध्यान दिनुपर्ने कुरा सुझाउनु भयो
केन्द्रीय उपाध्यक्ष रमेश केसी, पेशागत परिचय पत्र आफुसँग भए पनि कर प्रशासनले खोजेको समय अनुपस्थित हुने गरेको पाइएको बताउँदै,गैर लेखापरीक्षकले गरेको कामलाई निरन्तरता दिन छोड्नुपर्ने बताउनुभयो। केन्द्रीय सदस्य डि,आर शर्मा वाग्ले ले लुम्बिनी प्रदेशले गरेको काम प्रति आफु सन्तुष्ट रहेको धारणा राख्नुभयो
एसोसियसनका लुम्बिनी प्रदेश अध्यक्ष टुकराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रम निबर्तमान अध्यक्ष ओम बहादुर मल्लको संचालनमा भएको थियो भने बिष्णु प्रसाद बस्याल लुम्बिनी प्रदेश उपाध्यक्षले स्वागत मन्तव्य राख्नु भएको थियो।
सो अवसरमा एसोसियसनको लुम्बिनी अडान जर्नल बिमोचन गरिएको थियो। जर्नल प्रकाशनमा सहयोग गर्ने बिभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो।
प्रकाशित मिति : आइतबार, साउन १७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्