सुस्ता क्षेत्रमा भारतीय एसएसबी प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारको जवाफ

सुस्ता क्षेत्रमा भारतीय एसएसबी प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारको जवाफ

काठमाडौं,
नेकपा (एमाले) ले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा सरकारसँग जवाफ माग गरेको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले भारतीय सेनाले सिभिल डे«स लगाएर नेपाली भूमिमा प्रवेश गरेको भन्दै सरकारसँग जवाफ माग गरेका हुन् ।

उनले सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकमा असुरक्षा र मुलुकको स्वाभिमानमा चोट पुग्दा समेत सरकार मौन बसिरहेकोप्रति आपत्ति जनाए । सीमा सुरक्षाको विषयमा अझै कति समय संसदमा ध्यानाकर्षण गराउनुपर्ने हो ? भन्दै प्रधानमन्त्री बालेन ाहलाई प्रश्न समेत उनले गरे ।

‘आज फेरि देशको भूमिमा भारतीय सेनाले सिभिल डे«स लगाएर प्रवेश गरेको छ । सुस्ताको जमिनमाथि फेरि चोट पुर्याएको छ । सुस्ताबासीहरुले फेरी यसको प्रतिवादमा उत्रिनुपरेको अवस्था छ । आज देश फेरि सीमा अतिक्रमणको मुद्दाले पीडामा परेको छ,’ उनले अघि प्रश्न गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीज्यू यसको संवेदनशीलतालाई महशुस गर्न यो संसदले कति समय खर्च गर्नुपर्ने हो ? कति समय ध्या आकृष्ट गर्नुपर्ने हो ? यो अत्यन्त लज्जाको विषय बनेको छ । यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्युले जिम्मेवारपूर्ण भुमिका निर्वाह गर्नुस् । यसतर्फ म उहाँको ध्यान आकृष्ट गराउन चाहन्छु ।’

सांसद बरालले सुनसरीमा भएको धार्मिक तथा सम्प्रदायिक तनाव उत्पन्न हुनुको कारण र सुरक्षा कमजोरीको विषयमा निष्पक्ष छानविन गर्न समेत माग गरे ।

प्रकाशित मिति : मंगलबार, साउन १९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij