देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डहरूमा पहिरो तथा बाढीका कारण यातायात सेवा प्रभावित

देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डहरूमा पहिरो तथा बाढीका कारण यातायात सेवा प्रभावित

काठमाडौंः अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डहरूमा पहिरो तथा बाढीका कारण यातायात सेवा प्रभावित भएको छ।

नेपाल प्रहरीको आज बिहान ६ः२० बजेसम्मको तथ्याङ्कअनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, मुस्ताङको बेनी–जोमसोम सडक र रुकुम पश्चिमको भेरी कोरिडोर पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

सिन्धुपाल्चोकको चारकिलो र कोदारीमा पहिरो खसेका कारण अरनिको राजमार्ग ठप्प भएको हो भने मुस्ताङको थासाङमा पहिरोले सडक रोकेको छ। त्यस्तै, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेशी सडक र दोलखाको लामासाँगु–रमेछाप राजमार्गमा पनि बाढीका कारण सवारी आवतजावत पूर्ण रूपमा बन्द छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा रातको समयमा सवारी चलाउन रोक लगाइएको छ। बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथको हेटौँडा–ठिङ्गन खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

उता काठमाडौँको सितापाइला–धार्के सडक, भोजपुरको मध्य पहाडी लोकमार्ग, बागलुङको कालीगण्डकी कोरिडोर र मनाङको चामे–बेसीसहर सडकमा भने पहिरो पन्छाएर यातायात एकतर्फी सुचारु गरिएको छ।

प्रकाशित मिति : बुधबार, साउन २० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij