महाभियोग प्रकरणमा तीन संस्थालाई स्पष्टीकरण सोध्न समितिले दियो परिषद्लाई निर्देशन

महाभियोग प्रकरणमा तीन संस्थालाई स्पष्टीकरण सोध्न समितिले दियो परिषद्लाई निर्देशन

 

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशमाथि महाअभियोगको दबाब आएको भन्दै तीनवटा अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको प्रेस विज्ञप्तिको आधिकारिकताबारे स्पष्टीकरण माग गर्न संसदीय समितिले समाज कल्याण परिषद्लाई निर्देशन दिएको छ ।

बुधबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा भएको छलफलपछि उक्त निर्देशन दिइएको हो । एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्टले गत साउन ८ गते महाभियोगबारे जारी गरेको विज्ञप्तिका विषयमा स्पष्टीकरण माग गर्न परिषद्लाई निर्देशन दिएको हो ।

समितिले ती संस्थाहरूले विज्ञप्तिमा उल्लेख गरिएको ‘क्रेडिबल रिपोर्ट’ उपलब्ध गराउन समेत महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । २०८३ साउन ८ गते उक्त संस्थाबाट सर्वोच्च अदालतका वरिष्ठमत तीन न्यायाधीशलाई राजीनामा गर्न दबाब दिइएको, महाभियोग लगाउने तयारी गरिएकोलगायत दाबीसहित विरोधमा विज्ञप्ति प्रकाशित गरिएको थियो ।

यस विषयमा बुधबार ९साउन २०० तीनवटै संस्थाका प्रतिनिधिलाई समितिले छलफलका लागि डाके पनि उपस्थित भएनन् । तीन अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिलाई लिएर कानुनमन्त्री सोविता गौतमले समितिसमक्ष आक्रोश व्यक्त गरेकी थिइन्

प्रकाशित मिति : बुधबार, साउन २० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij