आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन सहित बर्षाको सम्भावना

आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन सहित बर्षाको सम्भावना

काठमाडौंः जल तथा मौसम विज्ञान विभागका अनुसार पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना छ। वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, कोसी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

देशका केही भूभागमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ तराई भूभागनजिक रहँदा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो।

मधेस तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ।

दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोसी, वाग्मती, गण्डकी प्रदेशको हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग , कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानका साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने जानकारी दिएको छ। हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले प्रस्ट पारेको छ।

प्रकाशित मिति : बिहिबार, साउन २१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij