१० लाख रुपैयाँ बम्पर उपहार जित्ने विजेताको नाम घोषणा

१० लाख रुपैयाँ बम्पर उपहार जित्ने विजेताको नाम घोषणा

 

काठमाण्डौ — अर्थ मन्त्रालयले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रूपैयाँको बम्पर उपहार पाउने एक जना र १ लाख रूपैयाँको उपहार पाउने एक जनाको नाम सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार बम्पर उपहारस्वरूप १० लाख रूपैयाँ जित्ने कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशी हुनुहुन्छ । उहाँलाई अर्थमन्त्री स्वर्णिम वाग्लेले फोन गरेर बधाई दिनुभएको छ । विजेता जोशीले कञ्चनपुरकै शिवकृष्ण जेनरल स्टोर्सबाट सामान किन्नुभएको थियो । जोशीले गएको साउन ७ गते २५० रूपैयाँ पर्ने सामान अनलाइन बैंकिङमार्फत क्युआर स्क्यान गरी खरिद गर्दा १० लाख रूपैयाँ जित्नुभएको हो ।

त्यस्तै, अर्थमन्त्री वाग्लेले १ लाख रूपैयाँ विजेतामध्ये रूपन्देहीकी सपना खरेललाई पनि बधाई दिनुभएको छ । हिजो अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री वाग्लेले १५ जना १/१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गर्नुभएको थियो ।

साउन १ देखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा कारोबार गरी विभागको प्रणालीमा बिल पेस गरेका उपभोक्ता यस कार्यक्रममा सहभागी थिए । उपहार हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन घोषणा हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, साउन २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij