काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गर्दैछ । बिहान ११ः३० बजे सुरु हुने भेलालाई कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भेलामा देशभरबाट करिब पाँच हजार नेता-कार्यकर्ता सहभागी हुने आयोजकले जनाएको छ । भेलाको बन्दसत्र साउन ३० र ३१ गते सञ्चालन हुने बताइएको छ ।
स्वास्थ्य उपचारका लागि करिब पाँच महिना विदेशमा रहेका देउवा बिहीबार काठमाडौं फर्किएका थिए । देउवा स्वदेश फर्किएलगत्तै कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो ।
प्रकाशित मिति : शुक्रबार, साउन २९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्