तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका-३ स्थित हेडबक्स नजिकै सडक माथिबाट खसेको सुक्खा पहिरोले सडक अवरुद्ध भएको हो ।

नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, लुम्बिनी प्रदेश बुटवलका अनुसार हेडबक्सदेखि बुटवलतर्फको सडकमा पहिरो खसेपछि बिहान करिब साढे ७ बजेदेखि यातायात अवरुद्ध भएको हो

सडक माथिबाट पहिरो झर्ने क्रम नरोकिएकाले तत्काल सडक खुलाउन सम्भव नभएको प्रहरीले जनाएको छ । पहिरो झर्ने क्रम रोकिएपछि सडकमा थुप्रिएको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

सडक अवरुद्ध भएपछि बुटवलतर्फ आउने तथा बुटवलबाट विभिन्न जिल्लातर्फ छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । प्रहरीले पहिरो प्रभावित क्षेत्रमा सावधानी अपनाउन यात्रु तथा चालकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र ३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij