मङ्गलवारदेखि हराएका साढे २ वर्षका बालक बनक्षेत्रमा फेला

मङ्गलवारदेखि हराएका साढे २ वर्षका बालक बनक्षेत्रमा फेला

काठमाण्डौ – नवलपरासी बर्दघाट सुस्ता पूर्व मा अस्ति मङ्गलवारदेखि हराएका साढे २ वर्षका बालक हिजो वन क्षेत्रमा फेला परेका छन् ।

गैँडाकोट नगरपालिका वडा नम्बर १४ भागराबाट हराएका बालक शिवान तामाङ तेस्रो दिन जङ्गलमा फेला परेका हुन् ।

बालक हराएपछि परिवार, स्थानीयवासी र सुरक्षाकर्मीले खोजतलास गर्दा ३ दिनपछि घरबाट झन्डै ४ किलोमिटर टाढा फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

झन्डै ५० घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको अवस्थामा भेटिएका हुन् । उद्धार गरिएका बालकको अनुहारमा चोटपटक लागेको छ ।

रोजगारीका क्रममा आमाबुवा भारतमा रहेकाले बालक मामाघरमा हजुरआमासँग बस्दै आएका थिए ।

अस्ति मङ्गलवार बिहान ७ बजेतिर हजुरआमा जङ्गलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका थिए । बालक पनि हजुरआमालाई पछ्याउँदै वनतर्फ गएको छिमेकीले देखेको बताएपछि वन क्षेत्रमा खोजी गर्दा हिजो बिहान १० बजे भेटिएका हुन् ।

आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सम्बन्धित आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij